May 22, 2025, Thursday
२०८२ जेष्ठ १०, शुक्रबार

नेपाली रक्तदाता संघ यूएईद्वारा भव्यरुपमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न,तस्बिरहरू

यूएई – अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले बृहत रक्तदान कार्यक्रम यहि जुन १७ तारिखका दिन सोमबार सम्पन्न गरेकाे छ।

दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter , Al Jaddaf मा आयेजना गरिएको बृहत रक्तदान कार्यक्रममा १८० जनाको उपस्थिती रहेकाे स्रोतकाे दावि छ। उपस्थित मध्य १३८ जनाले रक्तदान गरेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्यसमिति सदस्य तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताउनु भएको छ।

श्रेष्ठका अनुसार कार्यक्रमलाई सफल बनाउन नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका अर्का कमचारी हरेराम आचार्य, विभिन्न सामाजिक एवमं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक ब्यक्तित्वहरु, नेपाली रक्तदाता संघ यूएईका कार्यसमिति सदस्यहरु, सल्लाहकार तथा संरक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

१६ जुन २०२४ मा आयोजना गर्ने भनिएपनि अन्तिम समयमा आएर एकदिन पछाडी सारिएको थियो । नेपाली रक्तदाता संघ युएई २२ जनाको कार्यसमिति रहेको छ । जसको अध्यक्षमा बासुदेव ढुंगाना, उपाध्यक्ष सोनी भण्डारी, उपाध्यक्ष गोपिनी शाह, सचिव नारायण कार्की , सह–सचिव इश्वर घिमिरे, कोषध्यक्ष सुनिता कार्की , सह–कोषाध्यक्ष पुर्णिामा घिसिङ हुनुहुन्छ ।

त्यस्तै, सदस्यहरुमा तिर्थ श्रेष्ठ, सानू शर्मा, रामचन्द्र ढकाल, अमृत अधिकारी, बल बहादुर पाख्रीन, ओम श्रेष्ठ, मोहनदेव जोशी, समिर आचार्य, पंकज गिरी, सोमा भुजेल छन ,भने संरक्षकमा सुनिलराज श्रेष्ठ र सल्लाहकारमा नवीन कार्की, गोबिन्द पन्त, दिपक रावत र सुजन थापा रहनु भएको छ।