बिश्वकर्मा समाज काेरियाको दाेस्राे अधिवेशन सम्पन्न,अध्यक्षमा मुकेश सेन्चुरी चयन

मिन बि. क.
माघ २८ गते आईतवार – सिओल दक्षिण कोरिया,
विभेद रहित समाजको परिकल्पना, समानता सहित समृद्व नेपालको हाम्रो चाहना भन्ने नाराका साथ बिश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्षमा होटल ब्यबसायी मुकेश सेन्चुरी सर्वसम्मत रुपमा चयन भएका छन् ।
अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङ ले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो ।कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ , गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, संस्थाका संस्थापक अध्यक्ष सन्तोष बिश्वकर्मा लगाएतले शुभकामना मनत्ब्य राख्नु भएको भयो ।
सिओलको पुजा रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनको बन्दशत्रले मुकेश सेन्चुरी अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।बरिस्ठ उपाध्यक्ष गीत सदासंकर, उपाध्यक्ष मन्जिला सेन्चुरी, महासचिव अभिनास बराइली, सचिव सागर बिश्वकर्मा,कोषाध्यक्ष नबिन सन्जेल,सह कोषाध्यक्ष सुरेश कौसल, खेल संयोजक दिल
बिश्वकर्मा, सह खेल संयोजक राजु बिश्वकर्मा, महिला संयोजक रितु लामिछाने चयन गरेको छ ।
प्रतिकृया दिनुहोस्