नेपाल र दक्षिण कोरिया बिचको सांस्कृतिक आदान-प्रदान कार्यक्रम सम्पन्न

सउल, कोरिया – नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० बर्ष पुग्न लागेको अवसरमा दक्षिण कोरियामा नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कोरिया स्थित नेपाली राजदुतावास र गुमछन सांस्कृतिक केन्द्रको मुख्य आयोजना तथा ग्लोबल बहुसांस्कृतिक महासंघ र नेपाली बिद्यार्थी समाज (SONSIK) को सह-आयोजना र ब्यवस्थापनमा उक्त कार्यक्रममा सउलको गुमछन कार्यालयको भवनमा गत अक्टोबर २८ तारिख शनिवार सम्पन्न भएको हाे ।
सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले आगामि २०२४ मा ५० बर्ष पुरा गर्दैछ । यस अवसरमा दुई देशबिच बृहत सांस्कृतिक आदान प्रदान कार्यक्रम गर्नका लागि तयारी गरिएको र त्यसैको पृष्ठपोषणको रुपमा यसपालीको कार्यक्रम आयोजना गरिएको कोरिया स्थित नेपाली राजदूतावासले जनाएको छ ।
कुनै पनि देशको कला, संगीत, संस्कृति, र परम्परा मनोरञ्जनको बिधा मात्रै होईन बरु यो देशको समृद्दि र बिकासको आधार हो, मेरुदण्ड हो । देशको विकास र समृद्दिमा उक्त देशको कला, संगीत र संस्कृतिले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कोरियाको विकास र समृद्दिमा पनि यहाँको सांस्कृतिक बिकासले महत्वपूर्ण योगदान पुर्याएको छ । हाम्रो जस्तो बहुसांस्कृतिक एवं बिकासशिल राष्ट्रमा त झन सांस्कृतिक विकास बिना समृद्दिको कल्पना गर्न पनि सकिदैन । यस अर्थमा नेपाल र दक्षिण कोरिया बिचको कूटनीतिक सम्बन्धलाई स्मरण गर्दा दुई देश बिचको सांस्कृतिक आदान-प्रदानले निकै ठुलो अर्थ राख्दछ ।

कोरियाका लागि नेपाली राजदुत महामहिम प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी), Geumcheon कल्चरल सेन्टरका निर्देशक Son Jeong Gi, कोरीयाली राष्ट्रिय सभा सदस्य Choi Ki Sang, कोरियास्थित नेपाली नियोगका काउन्सिलर पुष्पराज भट्टराई, Geumcheon-gu काउन्सिलका अध्यक्ष Kim Yong Sul, कोरियास्थित नेपाली नियोगका द्वितीय सचिव सूर्यबहादुर थापा, ग्लोबल बहुसांस्कृतिक महासंघका अध्यक्ष Jang Doo Eok, आयोजक सोनसिकका सभापति मेघनाथ पौडेल, NRNA कोरीयाका पूर्व अध्यक्ष लक्ष्मी गुरुङ, MTU अध्यक्ष उदय राई, पत्रकार महासंघ कोरियाका अध्यक्ष किशन गौतम ,बिधयार्थी, मजदुर र पत्रकारलगायत, कलाकारहरू र कोरियन र नेपाली गरि लगभग ५ सय जना काे उपस्थिति रहेकाे थियाे।
कोरियाका लागि नेपाली राजदुत महामहिम प्राध्यापक डा. ज्योति प्याकुरेल (भण्डारी) ले भने नेपाल-कोरिया सांस्कृतिक आदान-प्रदान कार्यक्रम २०२३ मा यहांहरु सबैलाई म हृदय देखि स्वागत गर्दछु । नेपाल र कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ५० औ बार्षिकोत्सवको अबसरमा आगामी २०२४ मा बिभिन्न कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउने तयारी छ । यस कार्यक्रमले नेपाल र कोरिया बीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा म विश्वस्त छु ।
कोरियाको चलचित्र र गीत सङ्गीत प्रति नेपाली युवाहरुको आकर्षण धेरै रहेको कारण नेपालमा पनि K-Pop ले प्रसिद्धि पाएको कुरा यहांहरुलाई अबगत गराउंदछु । नेपाल र कोरियाबीच धेरै सांस्कृतिक समानताहरु रहेका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धले नेपाल र कोरियाको सांस्कृतिक दूतको रूपमा काम गरेका छन् । बुद्धका उपदेश तथा उनले देखाएको मार्ग मानव कल्याणका लागि अनुकरणीय छन्, जसको सही अनुकरणबाट विश्वमा शान्ति कायम गर्न सकिन्छ । बुद्धको जन्मथलो लुम्बिनीमा हरेक बर्ष धेरै कोरियन नागरिकहरुले भ्रमण गर्ने गरेको कुरा तपाइहरूलाई अबगतै छ । त्यसैगरी कोरियामा रही बिभिन्न पेशामा आवद्ध नेपालीहरुले दुई देशको जनस्तरको सम्बन्धलाई अझ दरिलो बनाउन ठुलो भूमिका खेलेका छन् ।
नेपालको आर्थिक तथा सामाजिक विकासका लागि कोरियाले बिभिन्न क्षेत्रमा
सहयोग गरेको छ । जुन सहयोगले खासगरी ग्रामीण भेगमा रहेका नेपालीहरुको आर्थिक हैसियतलाई उकास्न ठुलो मद्दत पुगेको छ । कोरियाले छोटो समयमा नैं हासिल गरेको आर्थिक प्रगती र सम्बृद्दिलाई हामी नेपाली जनता हृदयदेखि प्रशंसा गर्दछौं । आगामी दिनहरुमा कोरियाबाट आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अझ बढी सहयोग हुने कुरामा म विश्वस्त छु ।नेपाल विश्वमा पर्यटकका लागि राम्रो गन्तब्यमा पर्दछ । नेपालका उच्च हिमालहरु र रमणीय डांडाहरुले कोरियन पर्यटकलाई आकर्षित गर्न सफल भएका छन् । ५०औं बार्षिकोत्सवको अवसरमा बढी भन्दा बढी कोरियन नागरिकले नेपाल भ्रमण गरून भन्ने हाम्रो चाहना रहेको हुंदा म कोरिया नागरिकलाई नेपाल भ्रमण गर्न अनुरोध गर्दछु । यस कार्यक्रमको आयोजना गर्ने र सफल बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुहुने मल्टिकल्चरल एशोसियनका अध्यक्ष श्री छाङ दु अक, कार्यक्रम आयोजना गर्ने सोनसिकका अध्यक्ष श्री मेघनाथ पौड्याल, कलाकारहरु तथा यस कार्यक्रमलाई स्पोन्सर गर्ने संघ संस्थाहरुलाई धन्यवाद दिन चाहन्छु । नेपाल र कोरियाको सम्बन्ध आगामी दिनहरुमा अझ प्रगाढ हुंदै जावस भन्ने शुभेच्छा ब्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । उनले भनिन्

Geumcheon कल्चरल सेन्टरको निर्देशक सोन जङ्ग गी भने सर्वप्रथम, म कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको उपलक्ष्यमा आज यस्तो अर्थपूर्ण सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गर्न पाउँदा निकै खुसी छु। साथै, हामी कोरियाका लागि नेपालि राजदूत ज्योति पियाकुरेल र हाम्रो सांस्कृतिक केन्द्रसँग सहकार्य गर्नुहुने काउन्सिलर पुष्प राज भट्टराई र दूतावासका अन्य अधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं। साथै दूतावास परिवार र कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
विशेष गरी, यहाँ जिल्ला मेयर यो सियोङ-हुन, राष्ट्रिय सभा सदस्य चोई की-साङ, जिल्ला परिषद अध्यक्ष किम योङ-सुल, शहर र जिल्ला परिषद सदस्यहरू, र धेरै विशिष्ट अतिथिहरू जो आज राष्ट्रिय मामिलामा व्यस्त भएर पनि, बिदामा भएर पनि यस कार्यक्रममा उपस्थित हुनुभएको छ, यहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
नेपाल र कोरियाबीच सन् १९७४ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि मात्रै होइन, कूटनीतिक सम्बन्धको शुरुवातमा पनि करिब १ लाख ४७ हजार वर्ग किलोमिटर क्षेत्रफल र करिब ३ करोड १० लाख जनसंख्या भएको नेपाल नामको देश थोरैले मात्रै चिन्दथे । नेपाल उत्तरी पहाडी क्षेत्र माउन्ट एवरेस्ट सहित विश्वका १० ठूला हिमालहरू मध्ये आठ वटा हिमाल भएको देश हो। देशको ८०% भन्दा बढी जनसंख्या हिन्दू धर्ममा विश्वास गर्दछन्,। तिब्बती बौद्ध धर्मको वरिपरि बौद्ध धर्मका स्तूपाहरु छन्। नेपालमा धेरै बौद्ध धर्मावलम्बीहरु छन् र नेपाल गौतम बुद्धको जन्मस्थल पनि हो ।
यो कुरा साँचो थियो कि कोरियालीहरूका लागि नेपाल केही अपरिचित देश थियो, जहाँ उनीहरूलाई यसको अवस्थितिको बारेमा केही वस्तुगत तथ्यहरू मात्र थाहा थियो। तर, करिब ५० वर्षदेखि कूटनीतिक सम्बन्ध कायम रहँदा राजनीति, अर्थतन्त्र, समाज र संस्कृति जस्ता विभिन्न क्षेत्रमा चासो बढ्न थालेको छ। विशेष गरी सन् २००६ देखि हाम्रो राष्ट्रिय ध्वजावाहक कोरियन एयरले सीधा बाटो खोल्यो । तव काठमाण्डौ, जुन धेरै टाढा थियो, त्यो मात्र ७ घन्टाको दूरीमा पूगीने भएसँगै सामाजिक र सांस्कृतिक दृष्टिले सुन्दर र भरिपूर्ण नेपाल नजिकको मुलुक बनेको छ ।
विशेष गरी, सन् २००७ देखि कोरिया र नेपालबीच जनशक्ति हस्तान्तरण योजनामा हस्ताक्षर भएसँगै धेरै नेपालीहरू कोरियामा आएका छन् र अहिले हाम्रो देशमा एक अत्यावश्यक र अत्यन्त महत्त्वपूर्ण औद्योगिक शक्तिको रूपमा सक्रिय भूमिका खेलिरहेका छन्। अर्कोतर्फ, कोरियामा, यो धेरै सामान्य पर्यटकहरूका साथै नेपालको विभिन्न हिमाली शृङ्खलाहरूमा पर्वतारोहण वा पदयात्राको आनन्द लिनेहरू, रमणीय दृश्यहरू र सुन्दर हिउँको मज्जा लिने पर्यटकहरुका लागि धेरै राम्रो गन्तब्यको रूपमा परिचित छ। हिमालयको दृश्य पनि एक पर्यटकीय आकर्षणको केंद्र हो । बौद्ध धर्मका प्रवर्तक बुद्दको जन्मस्थल लुम्बिनी घुम्न जाने कोरियाली पर्यटकको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।
दुई देशहरू बीचको आदान-प्रदान र सहयोग धेरै सक्रिय हुन थालेपछि, हाम्रा के-पप र कोरियन नाटकहरूले धेरै ध्यान खिचीरहेका छन् । हाल नेपालमा दशौं हजार मानिसहरू कोरियाली भाषा अध्ययन गरिरहेका छन् भन्ने समाचारले अझै धेरै अवसरहरू रहेको र दुई देश बिचको आदान प्रदान अझ सक्रिय हुन थालेको देखाउँछ। साथै, नेपालका मानिसहरू मारान र मङ्गोलियन जनजाति मिलेर बनेका छन् । जस मध्ये मंगोलियन जनजाति हामी कोरियन सँगै दुरुस्तै मिल्दोजुल्दो छ। अझ भन्नु पर्दा, कोरिया र नेपाल धेरै विदेशी शक्तिहरूको आक्रमणको बाबजुद पनि आफ्नो परम्परागत संस्कृतिको संरक्षण र विरासतलाई कहिल्यै बिर्सेको छैन । यी कुरालाई हेर्दा कोरिया र नेपालबीच धेरै कुरामा समानता रहेको निकै गहिरो सम्बन्ध भएको मुलुक हो, त्यसैले कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा आजको सांस्कृतिक आदानप्रदान कार्यक्रममार्फत दुई देशबीचको परम्परागत संस्कृति मात्र नभई उच्चस्तरीय र गतिशील आधुनिक संस्कृति आदि संस्कृतिका सबै पक्षमा एकअर्कालाई परिचय गराउने अवसर मिल्ने छ । आजको यस कार्यक्रम मार्फत दुई देशबीचका यी महत्वपूर्ण कुराहरूलाई प्रचारप्रसार गर्नुका साथै नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने राम्रो अवसर मिल्ने आशा व्यक्त गरे ।
नेपाल तर्फका कार्यक्रमहरू
- नेपाली वाद्यबादन: लाईभ इन्स्ट्रमेन्टल (रेशम फिरीरी,
कलाकारहरु: श्री मिलन थापा, श्री सन्तोष बिसी, श्री विकास नेपाली, र श्री सुधीर बि सी।
- नेपाली लाईभ लोकदोहोरी: पानको पातको लयमा कोरियामा रहेका श्रीमान र नेपालमा रहेकी श्रीमती बिचको भलाकुसारिको बिषयमा दोहोरी ।
कलाकारहरु: श्री खिम छन्त्याल, श्री रेशमराज अर्याल, सुश्री अनिता अधिकारी, सुश्री मीना लोप्चन, सुश्री मिता गुरुङ, श्री विमल अधिकारी, श्री प्रमोद भुसाल, र सुश्री विपना अधिकारी।
- नेपाली परम्परागत नृत्य:
कलाकारहरु: सुश्री श्रेया श्रेष्ठ, सुश्री बादल रुबी, सुश्री सुनिता आचार्य, सुश्री सरस्वती कार्की, सुश्री दीक्षा गेलाल, र सुश्री सिर्जना सापकोटा।
- नेपाली देशभक्ति गीत: मेरो नेपाल मलाई लाग्छ प्यारो (राजू लामा)
कलाकारहरु: श्री हिमाल मोक्तान र श्री सुनिल बुद्धि गुरुङ
- नेपाली सांस्कृतिक नृत्य:
~ चौधरी नृत्य: सुश्री आरती चौधरी र सुश्री रेश्मा चौधरी।
~ तामाङ सेलो: सुश्री सरस्वती तामाङ र श्री सन्नी मगर
- नेपाली रिमिक्स आधुनिक गीत: कलिलो तामालाई
श्री साहस मल्ल र श्री बुद्धिमान गुरुङ
- नेपाली आधुनिक नृत्य: रैछौ परानी रहेकाे थियाे ।
कलाकारहरु: सुश्री सुवि मानन्धर, सुश्री ठकुरी विवेक, श्री शेर्पा दावा डोल्मा, र श्री आयुष उप्रेती थिए ।
कोरिया तर्फ कार्यक्रमहरू
- कोरियालि नान्ता बुक नृत्य
- कोरियालि हुला नृत्य
- कोरियाली मौलिक गित: कलाकार: श्री ली ह्युन-सेउङ
- कोरियाली ग्यागेम
- कोरियाली हार्प (कंडक्टर: मिस्टर जेम्स जे ओङ)
- कोरियाली परम्परागत गीत: कलाकार: Ahn So-Ra
- कोरियाली मास्क नृत्य रहेकाे थियाे ।









प्रतिकृया दिनुहोस्