बाग्लुङ सेवा समाज बहराईनको ५ औं अधिवेशन सम्पन्न,अध्यक्षमा मिलन र महासचिवमा भोव कुँवर चयन

बाग्लुङ सेवा समाज बहराईनको ५ औं अधिवेशन सम्पन्न भएको छ।

“विकासिलता र सृजनसिलता बागलुङको आवश्यकता,सभ्य र  समृद्ध समाज निर्माणमा हाम्रो ऎक्यवद्वता” भन्ने मुल नाराको साथ सन २०१३ मा स्थपना भएको यस बाग्लुङ सेवा समाज बहराईनले आफ्नो ऎतिहासिक अधिवेशन सम्पन्न गरेकाे छ। अधिवेशन शितल नेपाली रेष्टुरेन्ट मान बहराईनको सभाहलामा शुक्रबार भब्य समारोहका साथ सम्पन्न भएको हाे।

संस्थाको कार्यवाहक अध्यक्ष मिलन मगर, अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज नेपालका निवर्तमान अध्यक्ष एक राज गिरिको प्रमुख आतिथ्यता, नेपाली जनसम्पर्क समिति बहराईनका सभापति श्री पदम सुन्दर गुरुङ, नेपाल मगर संघ बहराइनका अध्यक्ष श्री जित बहादुर घर्ती मगर, मोना बहराइनका अध्यक्ष लोक राम्जाली मगर, पर्वत सेवा समाज बहराइनका अध्यक्ष श्री राम शर्मा, गुल्मेली समाजका उपाध्यक्ष श्री राम सेन्चिउरी, नेपाली क्लब बहराइनका महासचिव श्री कृष्ण खाम्चा मगर , जिफन्ट बहराइनका महासचिव श्री थोमस कुलुङ, नेपाली जनप्रगतिशिल मञ्च बहराईनका वरिष्ठ उपाध्यक्ष रामु काफ्ले जिफन्ट बहराइनका उपसचिव श्री लक्ष्मण बिश्वकर्मा,सस्थाका सस्थापक अध्यक्ष श्री लाल बहादुर पाठक, सस्थाका मानार्थ संरक्षक जीवन रोका मगर, प्रमुख सल्लाहकार दिपेन्द्र कुँवर ,वरिष्ठ सल्लाहकार प्रसाद परियार लगाएतको बिशिस्ट आतिथ्यता थियो।त्यसै गरि कलाकार हरु नलिना परियार, मिलन भण्डारी, सिर्जना के सि थापा, तिर्थ घर्ती , खेल संयोजक मनोज छन्त्याल, अभिषेक श्रीपाली खिम दर्नाल, कमला परियार , जानुका कौशल,सुर्य श्रेष्ठ, याम पुन , सुजित सिङ , गोपाल बि क ,पदम बि क ,अभि थापा लगाएतको आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रमको बिशिस्ट अतिथिहरु द्वारा ५ वटा मैन बत्तिमा दिप प्रज्ज्वलन गरि संयुक्त रुपमा समुद्घाटन गरिएको थियोे ।
कलाकारहरु नलिना परियार, मिलन भण्डारी , सिर्जना के सि थापा , तिर्थ घर्ती बाट उपस्थित आगन्तुक पाहुनाहरुलाई स्वागत गितै बाट स्वागत गर्नु भएको थियो।

त्यसै गरि सस्थाको प्रगति प्रतिवेदन सस्थाका महासचिव भोव बहादुर कुँवरले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष अम्मर पुनले प्रस्तुत गर्नु भएको थियो ।आमन्त्रित बिशिस्ट अतिथी ज्यु हरुले ५ अौ अधिवेशन सफलताको शुभकामना सहित बागलुङ सेवा समाजले गर्दै आएका कार्यहरुको चर्चा गर्नु भएको थियो बहराईमा रहेका बागलुङ्गे वा गैर बागलुङ्गे लाई दु:ख पर्दा मलम पट्टि लगाउदै आएको छ। जिल्लामा भइ परि आउने आपत बिपत बाढी पहिरो परि ज्यान गुमाउने र गम्भीर बिरामी परेकालाई सहयोग गर्दै आएको छ। यस्ता मानवीय कार्यलाई निरन्तरता दिदै जानू आग्रह गर्नु भएको थियो बागलुङले गरेका हरेक क्रियाकलापलाई सम्पुर्ण वक्ताहरुले मुक्त कण्ठले प्रशंशा गर्नु भएको थियो।बहराइनमा कृयाशिल सस्थाहरुमा बागलुङ सेवा समाज बहराईन पनि उत्कृष्ट रहेको र आगामी दिनमा पनि सबै संघ सस्था संग सहकार्य गरेर जान आग्रह गर्नु भएको थियो ।

बागलुङ कला संस्कृती र पर्यटनको खानी भएको जिल्ला भएको हुदा आफुले कर्म गर्ने देशका नागरिकलाई त्यहाँको बारेमा प्रचारप्रसार गर्न सके र यहाँका नागरिकलाई बाग्लुङ सम्म पुर्‍याउन सके आर्थिक रुपमा पनि अवल हुने बताउनु भएको थियो ।त्यसै गरे अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज नेपालका महासचिव श्री प्रेम सागर पौडेलले अधिवेशन सफलताको शुभकामना संदेश पठाउनु भएको थियो।त्यसै गरि प्रमुख अतिथि अन्तर्राष्ट्रिय बाग्लुङ सेवा समाज नेपालका निवर्तमान अध्यक्ष एकराज गिरिले हाल सम्म नेतृत्व गरि ५ अौ अधिवेशन सम्म ल्याई पुर्‍याउने नेतृत्व कर्तालाई धन्यवाद दिनु भयो।

मानिस सामाजिक प्राणी हो उसलाई दु:ख कष्ट विभिन्न समस्या आई पर्छ। ति समस्या एक आपसमा मिलेर सहयोग गर्नु पर्छ।आफू जन्मे हुर्केको ठाउँ माटोमा दैवीक प्रकोप आपत बिपत्ति आएमा सहयोग गर्दै आएको छ यस कार्यलाई निरन्तरता दिन पनि आग्रह गर्नु भयो।हामी आफुमात्र सुख सहेलमा बसेर हुँदैन आपत बिपतमा परेका दिदीबहिनी दाजुभाइहरुलाई पनि सहयोग गर्नुपर्छ। बागलुङ सेवा समाज बहराइनले सुख दु: खमा अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज संग पनि सहकार्य हातेमालो गर्दै आएको छ।

आगामी दिनमा पनि भइ परि आउने आपत्ति बिपत्ति संग संगै मिलेर सामना गर्न पनि आग्रह गर्नु भयो।नयाँ बन्दै गरेको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्याक्त गर्नु भयको थियो।

सस्थाका कार्यवाहक अध्यक्ष मिलन मगरले वर्तमान समिति बिगठन गरे संगै निर्वाचन प्रक्रियामा गएको थियो।

निर्वाचन मण्डलका प्रमुख दिपेन्द्र कुँवरले मिलन मगरको अध्यक्षतामा सम्पुर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको थियो।

नयाँ कार्यसमितिमा उपाध्यक्ष याम पुन मगर, मन कुमारी के सि महासचिव भोव बहादुर कुँवर क्षेत्री, कोषाध्यक्ष अम्मर पुन, सचीव तिर्थ घर्ती मगर, सह सचीव नलिना परियार, सह कोषाध्यक्ष जानुका कौशल , ब्यवस्थापक संयोजक मनोज छन्त्याल ,साँस्कृतिक संयोजक मिलन भण्डारी युवा संयोजक अभिषेक श्रीपालि सदस्य हरुमा भिम परियार, सुर्य प्रसाद श्रेष्ठ, सुजित सिङ, गोपाल बि क बिनु परियार खेलकुद संयोज पदम बि क खेलकुद सचीव अभि थापा निर्वाचित सम्पुर्ण नयाँ कार्यसमितिलाई निर्वाचन प्रमुख दिपेन्द्र कुँवर, उप प्रमुख प्रसद परियार र बिशिस्ट अतिथी बाट प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। नव गठित कार्यक्रम समितिलाई निर्वाचन प्रमुखले पद तथा गोपनियताको शपत खुवाउनु भयो थियो।

अधिबेशन पश्चात् मानार्थ संरक्षकमा जीवन रोका मगर, संरक्षक लाल बहादुर पाठक, प्रमुख सल्लाहकारमा दिपेन्द्र कुँवर, वरिष्ठ सल्लाहकारमा प्रसाद परियारलाई चयन गरि प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रम सस्थाका महासचिव भोव बहादुर कुँवर र सचीव तिर्थ घर्ती द्वारा संयुक्त रुपमा संचालन गर्नु भएको थियो अन्तमा आफुलाई सर्वसहमत अध्यक्षमा निर्वाचित गराउनु भएकोमा सम्पुर्णलाई अध्यक्ष मिलन मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।