नारीले पनि नेतृत्व सम्हाल्न सक्छिन् – वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार परि गुरुङ

काेरियामा एक साहसी महिला र सहयोगी लिडरकाे रुपमा परिचय बनाउन सफल नारी हुनुहुन्छ परि गुरुङ । उहाँले एनआरएनए दक्षिण कोरियाको नवौं महाअधिवेशनबाट २०२३-२०२५काे कार्यकालकालागि बुद्धि गुरुङकाे प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हाे। निर्वाचन भने यहि जुलाई २९ र ३० तारिखमा हुनेछ ।
विगत १४ वर्ष देखि कोरियालाई आफ्नो कर्म थलो बनाउनु भएकी परि गुरुङ विभिन्न संघ संस्था हरुमा संलग्नता रहेर एनआरएनए दक्षिण कोरियाको हालको सचिव २०२१-२३ को कार्यकालमा पनि एक मात्र चुनावी प्रक्रिया बाट चुनिनु भएको थियो। गुरुङ लाइ विभिन्न सामाजिक संघ सस्था लगायत महत्त्वपूर्ण ब्यक्तिहरुको प्रत्यक्ष परोक्ष समर्थन र सहयोग रहदै आएको छ ।
गुरुङले हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्थासंग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ।
यसका साथै कोरियामा आयोजना हुने अधिकांश कार्यक्रम मुख्यतः बुसान एरिया तिरको कार्यक्रम हरुमा प्रमुख प्रायोजक तथा सहयोगी बनेर आर्थिक नैतिक र भौतिक रुपमा सक्रिय सहभागितामा सहयोग गर्दै आउने गुरुङको परिचयनै बनेको छ।
‘“आजको नारी, काँधमा जिम्मेवारी” भन्ने मूल मान्यतालाई आत्मासाथ गरी समाजमा आईपर्ने हरेक जिम्मेवारीलाई बहन गर्न सक्ने आत्माबिश्वास नारीमा हुन पर्दछ र सो जिम्मेवारी पूरा गर्न सकिन्छ भन्दै अन्य महिला दिदि बहिनि हरुलाइ पनि एनआरएनए लगायत विभिन्न संघ संस्थामा आफ्नो उपस्थिति जनाउन प्रोत्साहन गर्छिन l
पेसाले एक ब्यबसायी गुरुङ काेरियाको विभिन्न ५ सहरमा नेपाली रेष्टुरेन्ट खेालेर आफ्नै व्यापार व्यवसायमा समय दिंदै बाँकी समय समाजसेवामा समर्पित छिन । आजको युग समानताको युग हो महिला भएर कुनै कुरामा पछि पर्न हुन्न र महिलाले पनि पुरुष सरह काम गर्न सक्छ हेपिनु र सहनु हुदैन भन्ने मान्यता राख्ने गुरुङ आफुलाइ केहि अन्याय भयो भने न्यायको लागि बुलन्द आवाज दिने एक साहसी महिला हुनुहुन्छ।
आठौं कार्यसमितिमा सचिव र कार्यवाहक महासचिव भएर काम गर्दा यस कार्यसमितिले धेरै अप्ठेरो समयको सामना गर्नु परेको र त्यसलाई उहाँले अवसरका रुपमा लिएर र सक्रिय भएको भान परि गुरुङ ले गराउनु भएको छ ।

यो कार्यसमिति विवाद बढाउने होइन समस्याको समाधान गर्ने दिशामा सधै सक्रिय रह्यो र व्यक्तिगतरुपमा पनि आफ्नो यात्रा जारी नै रहेको बताउँदै परी गुरुङले सामाजीक सद्भाव बढाउन कोरियावासी नेपालीको नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने, साथै कोरियन लगानी लाइ नेपालमा भित्र्याउने उदेश्यका साथ वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको बताउनुहुन्छ।

आफ्नो ब्यबसायका कारण पनि कोरियाको नेपाली समुदाय संग उनको निकट सम्बन्ध रहेकोले यहाको कामदार, बिद्यार्थी ,ब्यापारी साथै हरेक नेपालीको दुख सुखमा उहाँ संधै साथै रहनुभएकाे छ l
आफु जे देख्यो त्यहि बोल्ने प्रस्ट बक्ता भएकोले धेरैले आफुलाई छुच्ची भएको बताउने गुरुङ यसपटक निर्वाचित भए आगामी कार्यकाल अध्यक्ष भएर एनआरएनए कोरियाको नेतृत्व हाक्ने इच्छा जाहेर गर्नुहुन्छ l
यो पटक बरिस्ठ उपाध्यक्ष पदमा आफुलाइ भारि मत दिएर जिताउनु हुन कोरिया बासि सम्पुर्णमा हार्दिक अनुरोध गर्नु भएकोछ l
प्रतिकृया दिनुहोस्