November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

मेराे टिमले मजदुर,विद्यार्थीमैत्री एनआरएनए बनाउनेछ साथ दिनुहाेस-अध्यक्ष उम्मेदवार राई

एनआरएनए दक्षिण काेरियाकाे अध्यक्ष पदका उम्मेदवार सञ्जीव राईले साच्चै परिवर्तन चाहानुहुन्छ भने अबकाे निर्वाचनमा आफ्नो टिमलाई छान्नआम सदस्यहरु अनुरोध गर्नुभएको छ ।

यो पटक एनआरएनए कोरियालाई हामि सबैको साझा,सबैको अपनत्व र पार्दर्शि बनाउनको लागि विशेषतः हामि मजदुर,विध्यार्थि र सम्पुर्ण कोरियामा रहनुहुने नेपालि समुदायको लागि हाम्रो उम्मेदवारी रहेको छ। भन्दै राइले आफ्नाे धारणा व्यक्त गर्नु भएको छ।

उहाँले हाम्रो कान्तिपुरसँग पैसाले भोट र उम्मेदवार किन्नेले भोलि फेरि त्यो पैसा संस्थामा गलत काम गरि र सम्बन्धित व्यक्तिहरुबाट कुनै न कुनै बहानामा अशुल्ने बताउनु भयाे ।

राइले एक पटक हामिले परिवर्तनको निम्ति स्वविवेक प्रयोग गरि मजदुर विध्यार्थिको पक्षमा मतदान गरि इतिहास सङ्गै नेतृत्व परिवर्तन गर्न आवश्यक रहेकाे पनि प्रष्ट पार्नु भएको छ ।

उहाँले भन्नुभयो हामि सङ्ग व्यबसायिहरु जस्तो पैसा खर्च गर्ने क्षमता नहोला तर समाज परिवर्तन गर्न सक्ने क्षमता र भिजन छ।

सबै ४० मुनिका युवा छौं त्यसैले त नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं । एनआरएनए कोरियाको इतिहासमै पहिलेा मजदुर, बिद्यार्थी मैत्री टिम एनआरएनए कोरियालाइ साँच्चै परिवर्तन गर्न चाहनु हुन्छ भने आफ्नो टिमलाइ छान्न अनुरोध गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको