समाजसेवा र पत्रकारितामा हाेमिएका गुरुदत्त कोरियाकाे बसाइँ बिटमार्दै क्यानाडा तर्फ..
दक्षिण काेरिया – विगत १० वर्षदेखि काेरियामा कार्यरत समाजसेवी तथा पत्रकार गुरुदत्त न्याैपाने आज(साेमबार) नेपाल फर्किएका छन् । उनि विभिन्न संघसंस्थामा आबद्ध हुनुका साथै पत्रकार महासंघ काेरियासँग प्रत्यक्ष रुपमा जाेडियर काेरियामा रहेका नेपाली श्रमिक र काेरिया जाने तयारीमा रहेका श्रमिकहरुलाई नयाँ र ताजा सुचनाहरु सबैभन्दा पहिले सम्प्रेषण गर्ने पत्रकार मध्येका एक पनि हुन् । पत्रकार न्याैपानेले अबको समयमा आफू क्यानाडामा रहनेबारे अवगत गराएका छन् । उनले काेरियामा रहेर साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
पत्रकार न्याैपानेले लेखेका स्टाटस यस्ताे छ ।
काेरियामा रहेर सक्रिय रुपमा समाजसेवा लागि परेका समाजसेवी तथा पत्रकार गुरुदत्त न्याैपाने साेमबार नेपाल फर्किएका छन् ।
आत्मिय मित्र कोरियाका अनेकन अवसरलाई छोडेर क्यानडा जाँदै हुनुहुन्छ । कोरियामा रहदा हरेक सामाजिक कार्य लगायत सुचना प्रवाहमा सक्रिय रहनु भएको यो गतिलाई कहिँकतै गएपनी कमि हुन नदिनुहोला सुखद सुन्दर भविष्यको कामनाका साथ शुभयात्रा
दक्षिण कोरियाको ११ बर्षे बसाई मा करिव १ बर्ष अगावै यहाँको बसाईलाई टुङ्ग्याउने निर्णय गरेको छु।दक्ष कामदार भिषा ( E-7-4) तथा रेसिडेन्सी भिषा ( F-2R) लिएर कोरियामै बस्ने मार्ग प्रशस्त हुँदा हुँदै करिव यो एक महिनाको अन्तरालको अन्तरद्वन्दका बिच कोरियालाई छोडने निर्णयमा पुगेको छु।थाहा छैन सहि निर्णय गरेँ या गलत त्यो भविस्यको भोगाईले बताउला तर कोरियामा स्थापित भईसकेको अवस्थालाई चटक्कै छोडेर तेस्रो मुलुक प्रतिस्थापन हुने निर्णय गर्नु कति फाईदा त कति घातक हेर्दै जाउँला।
२०१३ सालमा कोरिया आएर २०२३ साल सम्म बस्दासम्म खै किन हो यो मनले कोरियालाई असाध्यै माया गरेछ जुन कुरा अहिले छोडदै गर्दा महशुस गरेको छु।कोरियाले कहिले रुवायो त कहिले हँसायो,कहिले लडायो त कहिले लडेकै ठाउँबाट धुलो टक्टकाउदै उठन सिकायो।साँच्चिकै जुन दिन पहिलो पटक कोरिया प्रवेश गर्दा नेपाल छोडन गार्ह्रो भएको थियो हो आज त्यस्तै भएको छ कोरिया छोडनु पर्दा।
कोरिया मेरो लागी भनौँ या सपनाका महल सजाएर भित्रनेहरुका लागी साँच्चिकै एउटा प्रयोगात्मक विश्वविद्यालय भन्दा कम हुँदैन।कोरियाले जुनसुकै सैध्दान्तिक विश्वविद्यालय बाट सिकेको कुरा भन्दा बढी नै दैनिक जिवन,सङ्घर्ष,मेहनत र धैर्यता र अनुशासन सिकाउने रहेछ।
सायदै संसारकै सबैभन्दा सुरक्षित देश होला जहाँ महिला होस या पुरुष निर्वाध रुपमा दिन या रात जतिसुकै बेला निस्फिक्री बिना कुनै डर हिडन सक्ने,कानुनी राज्य भएको देश,जहाँका जनता यति अनुशासित छन कि उनीहरु राज्यको सम्पत्ति आफ्नै सम्पत्ति जस्तै माया गर्छन,हरेक सेकेन्ड लाई विशेष महत्व दिएर हेर्छन,पुग्नुपर्ने समयभन्दा अगावै पुग्छन ,स्वदेशी विदेशी लाई एउटै समान कानुन लाग्ने देश जहाँ जिवनको एक दशक आफ्नो जिन्दगीको सायदै सबैभन्दा उर्वर समय बिताएको भएर होला सायद कसैले यदि आफ्नो जन्मभुमी पछाडीको सबैभन्दा माया लाग्ने देश कुन हो भनेर सोध्यो भने निशंकोच कोरियाको नाम लिन मन लाग्छ।
आज कोरियाको एक दशक अवधीलाई विट मार्दै गर्दा हिजो को अभाव र कोरियाको सङ्घर्षको यो प्रतिफल लाई हेर्दा काफी सन्तुष्ट छु।कोरियामा सङ्घर्ष गर्दैगर्दा धेरथोर सम्पत्ति पनि कमाईयो होला त्यो भन्दा बढी म स्वस्थ रुपमा शकुसल शरिर फिर्ता लिएर फर्किन सकेको छु यो नै मेरो सबैभन्दा उच्चतम कमाई हो।कोरियाका अधिकाँश कार्यस्थल हरु असुरक्षित,१२/१५ घन्टासम्म मेशिनसंग खेल्नुपर्ने चल्नुपर्ने अवस्थाका विच पनि स्वस्थ शकुसल शरिर फिर्ता हुन पाउनु यो भन्दा अहोभाग्य के होला र?
कोरियामा कामको अलावा कोरियाली नेपाली समाज संग प्रत्यक्ष अप्रत्यक्ष जोडिएर केही भएपनी सेवा गर्ने अवसर पाएकोमा म अत्यन्त खुशी छु।कोरियामा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सदस्य भएर कोरियाली नेपाली समाजमा बिभिन्न सुचनामुलक समाचार,सन्देश हरु फैलाई केही आँशिक व्याक्तिहरुलाई भएपनी सहयोग भएको म आफैले प्रत्यक्ष महशुस गरेको छु।कान्तिपुर प्रेस तथा कोरियापाटी डटकम मार्फत कोरियामा घटित घटना समाचार र सुचना बिभिन्न प्ल्याटफर्म ईपिएस नेप्लज ईन कोरिया,ईपिएस छिन्गु लगायत कोरियाका विश्वसनीय पेज हरुबाट यहाँ रहेका नेपाली समुदाय हरुसंग प्रत्यक्ष जोडिएर पत्रकारिता गर्न पाउँदा खुशी छु।
साथै सनातन साहित्य संगित साधना समुह पाँच स मार्फत २/२ पटक वरिस्ठ उपाध्यक्ष भएर काम गरी कोरियामा पहिलो पटक आनसान सहरमा नेपाली पुस्तकालयको स्थापना,नेपाली साझा साँस्कृतिक घर(मन्दिरको स्थापना) मा उल्लेख्य भुमिका खेल्दै नेपाली मौलिक चाडपर्व दशैँ,होली लगायत बिभिन्न पर्वहरु परदेशमै भएपनी मनाउन पाउने उद्देश्यले बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने अवसर पनि पाएकोमा खुशी छु।
२०१९ ताका कोरियाबाट कृष्ण ओली बचाउ अभियान मार्फत प्रत्यक्ष जोडिई करिव १५ लाख रुपैयाँ एपिवान टेलिभिजन मार्फत हस्तान्तरण गर्ने,कोरोना कालमा एनआरएनए संग प्रत्यक्ष सहकार्य गरी नेपालमा किट पठाउने अभियान’एक व्याक्ति एक किट’ अभियानमा समेत प्रमुख भुमिकामा रहेर करिव ३ करोड नेपाली रुपैँया उठाउने ,२०१९ को छुसक महाधमाका मार्फत नेपाल बाट कलाकार ल्याई मेरै संयोजकत्वमा कार्यक्रम सम्पन्न गरी हालसम्म करिव ७/८ जना कोरियामै बिरामी परेका नेपाली साथीहरुलाई सहयोग गर्ने ,कोरियामा नेपाली साथीहरुलाई परेका स्वास्थ्य समस्यालाई कोरियामै कार्यरत विज्ञ डाक्टर राजेश चन्द्र जोशी मार्फत प्रत्येक हप्ता काउन्शेलिङ गराउन अभियन्ता को भुमिका खेल्ने साथै कोरियाका धेरैजसो अभियानमा प्रत्यक्ष संलग्न भएर धेरैलाई सहयोग गर्न पाएकोमा अत्यन्तै खुशी छु।
यो दौरानमा साथ सहयोग गर्नुहुने कोरियामा कृयाशिल बिभिन्न संघसस्थाहरु,मेरा प्रिय सम्पुर्ण साथीहरु, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया लगायत प्रत्यक्ष अप्रत्यक्ष यि कार्यक्रमहरुमा जोडिनुहुने सम्पुर्ण प्रति कृतज्ञ छु।म कोरिया छोडेर जाँदैगर्दा यो भुमीमा श्रमका साथसाथै नेपाली समुदाय को लागी थोरैभएपनि काम गर्न पाउँदा अत्यन्तै खुशी छु।
कोरियामा हुने साथीहरु आफ्नो ख्याल गर्नुहोला,कार्यस्थल मा विशेष सुरक्षित भएर शकुसल शरिर फिर्ता जानुपर्छ सबै साथीहरुलाई भेटने चाहना हुँदा हुँदै समयको पावबन्दीले गर्दा सबैसंग भेटन असमर्थ रहेँ,क्षमा चाहन्छु।सबैलाई बाईबाई ।।
अव तपाईहरु संग क्यानडाको भ्यानकुभर बाट जोडिनेछु।
प्रतिकृया दिनुहोस्