April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

प्रवासी नेपाली मंञ्च (नेकपा एमाले) मलेसियाको अधिवेशन जुन २५ तारिख गर्ने

मलेसिया= नेपालमा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले पार्टीको मलेसियास्थित भातृ संगठन प्रवासी नेपाली मंञ्च मलेसिया केन्द्रिय कार्यसमितिको दोस्रो अधिवेशन कार्यक्रमको तयारी तिव्र रुपमा थालिएको छ ।

मंञ्चको आज मिति सन् २०२३ , जुन ११ तारिख , आईतवारको दिन बसेको कार्यसमितिको बैठकले बर्तमान अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षता,सभापतित्वमा दोस्रो अधिवेशन कार्यक्रम यहीँ जुन २५ तारिख आईतवारको दिन मलेसियाको होटल ग्रेण्ड कन्टिनेण्टलमा सभ्य र भव्य मनाउने तयारी थालिएको महासचिव दयाराम कुमालले मलाया खबरलाई जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत लाखौंलाख नेपाली श्रमिकहरु , म्यानपावर ब्यवसायी , रेष्टुरेन्ट ब्यावसायी , ब्यापारी लगायतको क्षेत्रमा कार्यरत नेपालीहरुमध्य नेकपा एमाले पार्टीप्रति र राजनीतिमा झुकाव राख्ने आस्थावान नेपालीहरु एकजुट भएर राजेन्द्र प्रकाश भण्डारीको नेतृत्वमा सन् २०१४ सालदेखि मलेसियामा प्रवासी नेपाली मंञ्च स्थापना भएर संचालनमा रहेको एक राजनीतिक संस्था हुन् ।

दोस्रो अधिवेशन कार्यक्रममा नेपाल लगायत विश्वको कैयौं देशहरुबाट नेकपा एमालेको वरिष्ठ नेताहरूको उपस्थिति रहने महासचिव कुमालले बताउनुभयो । उहाँले बताए अनुसार नेपालको केन्द्रिय समितिबाट कुनै एकजना वरिष्ठ नेतालाई प्रमुख अतिथिको रुपमा उपस्थित हुन पत्राचार गरि निमन्त्रणा गरिनुको साथै एशिया महादेश , युरोप महादेश लगायत मलेसियामा सक्रिय रहेका नेपाली राजदूतावास, सामाजिक संघसंस्था , राजनीतिक संघसंस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरि नेपाली श्रमिकहरुको पनि उल्लेख्य उपस्थितिमा अधिवेशन सम्पन्न गर्ने तयारी भैइरहेको बताउनुभयो ।

एमालेको प्रवास,विदेश संगठन नेपाली प्रवासी मंञ्च मलेसियासंगै विश्वको १०० वटा भन्दा बढी देशमा शाखा स्थापना भैइ सञ्चालनमा रहेको छ । मंञ्चले राजनीति क्षेत्रमा मात्रै नभई मलेसियामा कार्यरत नेपाली श्रमिकहरुमाथी भैइपरि कुनै दु:ख समस्या आएको खण्डमा सक्दो आर्थिक , भौतिक सहयोग समेत गर्ने गरेका छ्न ।

शीर्ष समाचार

धेरै पढिएको