April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

नुवाकोट समाज दक्षिण कोरियाकाे पिकनिक कार्यक्रम सम्पन्न,(फाेटाे फिचरसहित )

नुवाकोट समाज दक्षिण कोरियाद्वारा आयोजना गरिएको पिकनिक कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम संस्थाले जुन महिनाकाे ३ र ४ तारिख शनिबार र आइतबार आयोजना सम्पन्न गरेकाे हाे।

काेरियामा विभिन्न ठाउँमा रहेका धेरै नेपाली नागरिकहरुकाे उपस्थितिमा बनभोज कार्यक्रम सउलसी खाङ्बुक्गुसाम्याङराेमा सम्पन्न भएको हाे ।

त्यसैगरी बनभाेज कार्यक्रम विभिन्न प्रकारका मिठा खानेकुराहरुका साथै नाचगानकाे पनि व्यवस्था गरिएकाे आयाेज टिमले जानकारी गराए ।

त्यस्तै कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न विशेष सहयोग गर्ने काभ्रे सम्पर्क समिति ,ब्यानरमा सहयोग गर्ने चितवन सम्पर्क मंच लगायतका संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरेकाे छ ।

त्यसैगरी आफ्नो आयोजनामा सुरूवात देखी के कसो हुदै छ भनेर चासो लिने मकानपुर कोरिया मंच,धादिंग समाज,सिन्धुपाल्चोक समाज,रामेछाप सम्पर्क समितिलाई पनि नुवाकोट समाजले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ ।

नुवाकोट समाजको पिकनिक कार्यक्रमको आय ब्यय बिवरण

शीर्ष समाचार

धेरै पढिएको