April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङकाे उम्मेदवारी

अध्यक्ष पदका उम्मेदवार बुद्धि गुरुङ

एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङकाे उम्मेदवारी

दक्षिण कोरिया,गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्ष पदमा बुद्धि गुरुङले उम्मेदवारी दिने हुनुभएको छ ।

गुरुङले काेरियाकाे राजधानीमा अवस्थित निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हलमा आयाेजीत कार्यक्रमकाे सम्बाेधन गर्दै शनिबार आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएकाे थियोे ।

रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोवास गर्ने नेपालीहरुको समस्या बुझेर काम गर्न एनआरएनए काेरियाकाे नेतृत्वमा आफू आउन लागेकाे बताउनुभएको छ।

एनआरएनए काेरियाकाे अबकाे कार्यकाल २०२३-२०२५ सम्मको अध्यक्ष पदमा आफू निर्वाचित भए कमेरियामा अवस्थीत नेपालीहरुकाे हितमा काम गर्ने गुरुङको भनाइ रहेकाे छ।

अध्यक्षमा गुरुङको उम्मेदवारी सहित उनका प्यानलमा उपध्यक्ष हरी भट्टाराई ,महासचिवमा सन्तोस खाड्का र साधारण सदस्यतामा सन्जोक चौहानले पनि संगै आफ्नो उम्मेद्धार घोषणा गर्नुभएको हाे।

शीर्ष समाचार

धेरै पढिएको