
पुस २४ गते दक्षिण काेरिया,राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी दक्षिण कोरियाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रमकाे आयोजना गर्ने भएको छ । यहि जनवरी १५ तारिख आइतबारका दिन बिहान ११ बजे नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफमा उक्त कार्यक्रम गरिने भएको हाे ।(나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F)
कार्यक्रममा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र केन्द्रीय उप-सभापति तथा विदेश विभाग प्रमुख डि.पि अर्यालकाे विशेष सम्बोधन रहनेछ ।
त्यसैगरी प्रवास सम्पर्क कमिटी´गठन सम्बन्धि छलफल,तदर्थ कमिटी घोषणा-सभा कार्यक्रम पनि रहेकाले उपस्थितिको लागि काेरियामा रहेका आम नेपालीहरुलाई अुनरोध गरेकाे छ।
कार्यक्रम हुने दिन कोरियाका विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास सम्पर्क कमिटी´गठन सम्बन्धि छलफल कार्यक्रम रहेकाे पार्टीका शुभचिन्तक अवधेशराज चाैरासीयाले बताएका छन् ।






