
नेपाली चलचित्र महापुरुष अब काेरियामा प्रदर्शन हुने भएको छ । दक्षिण काेरियाकाे नयाँवर्ष सलनालकाे अवसर पारेर उक्त चलचित्र प्रदर्शन हुन लागेकाे आयाेजक टिमले जनाएको छ । काेरियामा आम नेपाली दर्शकले जनवरी २२ तारिखका दिन दिउँसो १ बजे उक्त चलचित्र हेर्न सक्नेछन् ।
नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेका सामाजिक कार्यमा संलग्न व्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको बताइएको छ ।
निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र “महापुरुष” नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा ५१ दिन मनाउन सफल भएको छ।
यस चलचित्र हेर्नको लागि हेल्लो कोरिया ग्रुपले कोरियामा हुने सम्पुर्णलाई हार्दिक आग्रह गरेका छन् ।
सलनालमा सार्वजनिक विदा हुने भएकोले कोरियामा रहेका नेपालीहरु जुन नेपाली चलचित्र हेर्न एकदमै मन पराउनु हुन्छ उहाॅहरूलाई मध्यनजर गर्दै सहजताको लागि सार्वजनिक विदाको दिनमा चलचित्र प्रदर्शन गर्न लागीएको हेल्लो कोरिया ग्रुपले जनाएको छ ।

चलचित्रको लागि मुख्य प्रायोजक नेपालमा बैधानिक रेमिटान्स भित्र्याउने रेमिटान्स कम्पनी “सेन्ट बि ” रहेको छ भने टिकट तथा ब्यानर स्पोन्सर सामाजिक ब्यक्तित्व एनआरएनए पुर्व उपाध्यक्ष, हाल आईसिसी सदस्य ” एवम् व्यावसायिक ब्यक्तित्व सोम तामाङद्वारा संचालित नमस्ते एसिया रेष्टुरेन्ट खम्दानसागरी इन्छनको रहेको छ । यस चलचित्र हेर्नका लागि शुल्क २५ हजार काेरियन वन लाग्नेछ आयाेजक टिमको भनाइ रहेको छ ।
मीन बि क : 010-5017-8501
गुरुदत्त न्यौपाने : 010-2851-9124
तारा पुन : 010-7342-0412
बिरेन्द्र राहुँ मगर : 010-8095-3601
दिया मगर : 010-5938-1053
ओमलाल ओलि : 010-8070-9210
रबिन राई :010-2851- 9124
टिकट बुक गर्नुपरेमा र थप जानकारी लिनु परेमा माथि दिएका व्यक्ति र सम्पर्क नम्बरमा समेत फाेन गर्न सकिने छ ।






