कोरियाबाट शव लैजान लाग्ने सम्पूर्ण खर्च राज्यले व्यहोर्नुपर्ने माग राख्दै दूतावासलाई ज्ञापन पत्र

दक्षिण काेरियामा विभिन्न भिसामा प्रवेश गरि कारणबस मृत्यु भएका नेपालीहरुकाे शव राज्यले व्यवस्थित गरि सबै खर्च व्यहोरी नेपाल लैजानुपर्ने माग राख्दै साेमबार ६ वटा संघसंस्थाहरुको सहकार्यमा नेपाली राजदूतावास काेरियालाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय,परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बोर्डलाई समेत समेटि यश विषयमा ध्यानाकर्षण गराएको छ। नेपाल पत्रकार महासंघ काेरिया शाखा,एनआरएनए दक्षिण काेरिया लगायत ४ संस्थाकाे सयुक्त भेलामा दक्षिण काेरियाका लागि राजदूत ज्याेति प्याकुरेल भण्डारिसँग भेटवार्ता गरि उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् ।

नेपालबाट श्रम स्वीकृति लिई काेरियामा वैधानिक रुपमा रोजगारी गरिरहेका श्रमिकको कारणवस मृत्यु भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश पुर्याउने दाहित्व राज्यको रहेको नै हुन्छ । तर पनि हालसम्म काेरियाबाट नेपाल शव पुर्याउन १२ लाख रुपैयाँ लाग्ने भएपनि श्रम विभागले ५ लाख ४० हजार मात्रै उपलब्ध गराउदै आएको छ ।
दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत प्रवेश गर्ने श्रमिकको संख्या बढे संगै दुर्घटना , आत्महत्या तथा अन्य बिभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढ्न थालेकाे छ l

दुतावास मार्फत उपलब्ध गराउने रकमले मृतकको शव नेपाल फर्काउन पर्याप्त छैन , हाल भाडादर अत्यधिक रुपमा बढेको र एउटा मृतकको शव नेपाल पुर्याउन १ करोड २३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपिया भन्दा धेरै खर्च लाग्दछ भने दुतावासले ५४ लाख कोरियन वोन अर्थात नेपाली रुपिया करिब ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको छ l अपुग रकम मानवताको नाताले यहाँ रहेका बिभिन्न नेपाली संघ संस्था तथा ब्याक्तिहरुले आर्थिक संकलनका अभियानहरु चलाएर मृतकको शवहरु नेपाल पठाउदै आएको छ l
व्यक्तिगत तथा संस्थागत रुपमा गरिएका आर्थिक संकलनहरुबाट तात्कालिन रुपमा केहि समस्याहरु टरेको भएतापनि यो दिर्घकालिन समाधान भने पक्कै पनि होइन l तसर्थ नेपाल सरकारले यश विषयमा गम्भीर ध्यान दिनुपर्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस्