ताप्लेजुङ सम्पर्क समिति काेरियाले कञ्चनजङ्गा साँगीतित धमाका कार्यक्रम गर्ने

ताप्लेजुङ सम्पर्क समिति दक्षिण काेरियाले ताप्लेजुङ कञ्चन जङ्गा साँगीतित धमाका २०२३ गर्ने भएको छ। पुर्वाञ्चल समाज दक्षिण काेरियाले पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम काेरियाकाे नयाँ वर्ष सलनालकाे अवसरमा गरिने बताएको हाे ।
संस्थाका अध्यक्ष अमृत राइले आइतबार पत्रकार सम्मेलनमा बाेल्दै कार्यक्रम गरिनेबारे पनि प्रष्ट पारे ।कार्यक्रमा संस्थाका अन्य पदाधिकारीहरु र पत्रकारहरुकाे उपस्थिति रहेकाे थियोे ।
सांगीतिक धमाका लागि नेपालबाट चर्चित गायक प्रमाेद खरेल, खगेन्द्र याक्साे र गायिका एलिना चाैहानकाे विशेष उपस्थित रहनेछ भने कलाकारहरु रियासा दाहाल,भरतमणी पाैडेलकाे सहभागी हुने ताप्लेजुङ समाजका अध्यक्ष सागर माङ्मुले बताए।
त्यसैगरी उक्त कार्यक्रममा प्रवेश शुल्क ३० हजार वन लाग्ने जनाएको छ । यश कार्यक्रमलाई ताप्लेजुङ सम्पर्क समिति दक्षिण काेरियाले प्रस्तुत गर्नेछ ।
यश सांगीतिक कार्यक्रमबाट संकलन भएको रकमले ताप्लेजुङ जिल्लाका विकट ठाउँमा शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेका वासिन्दाहरुका लागि सहयोग गरिने संस्थाका अध्यक्षकाे भनाइ छ ।
लेखकको सम्वन्धमा