
भदौ २१ गते।गत चार वर्षदेखि नेपाली राजदूतावास दक्षिण काेरियामा खाली रहेको राजदूत पद अब भने पूर्ण भएको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूतमा नियूक्त भएकी डा. ज्योति प्याकुरेल साेमबार काेरिया प्रस्थान गरेकी छन् ।
आफ्नो कार्यभार सम्हाल्नका लागि प्याकुरेल दक्षिण कोरिया आईपुगिसकेकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई नियुक्त गरेकी थिईन् त्यसपश्चात प्याकुरेल साेमबार काेरिया आइपुगेकी हुन् । राजदूत प्याकुरेलकाे स्वागतका लागि ईन्छन विमानस्थलमा दूतावासका कर्मचारी उपनियोग प्रमुख राम सिंह थापा,दित्तीय सचिव सुर्यबहादुर थापा त्यसैगरी श्रम सहचारी रमा भट्टराई र एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन लगाएतको उपस्थिति रहेकाे थियोे।








