जापान । गुल्मेली समाज जापानले हरितालिका तिजको पावन अवसरमा वृहत तिज कार्यक्रम गर्ने भएको छ ।
नाकोना जेरो हल टोकियोमा अगष्ट २९ २०२२ को दिन आयोजना हुने उक्त तिज कार्यक्रमको प्रमुख अतिथिका रुपमा जापानको लागि नेपाली राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी उपस्थिति हुने गुल्मेली समाज जापानको अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनुभयो ।
लामो समयको कोरोना महामारीले उकुसमुकुस भई थला परेको जनजीवन यस बर्ष पनि कोरोनाको समयमा पनि स्वास्थ्य मापदंड पालन गर्दै तीज मनाउने उद्देश्यका साथ आफूहरू जुटेको गुल्मेली समाज जापानका महिला उपाध्यक्ष लक्ष्मी केसी महर्जनले बताउनुभयो ।
सन् २२ को नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा जापानमा गरिने कार्यक्रमको संयोजक समेत रहेकी महर्जनले एकआपसमा आत्मीयता ,भाईचारा, माया, ममता सामिप्यता लाई साटासाट गर्ने उद्देश्यका साथ तिज कार्यक्रंम आयोजना गरिने बताउनुभयो ।
मातृभूमिबाट पढाइ र रोजगारको सिलसिलामा जापान आइपुग्नुभएको सम्पूर्ण नेपालीहरुलाई समेत उक्त कार्यक्रममा सहभागि हुनको लागि कार्यक्रम संयोजक महर्जनले सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक निमन्त्रण गर्नुभएको छ ।









