
एनआरएनए ख्यङसाङनाम्दाे बुसान शाखा दक्षिण काेरियाले बुसान शहरकाे किम्हे स्थित जीकेएस हलमा गत जुलाई ३ तारिख आइतबारका दिन विशेष अधिवेशन सम्पन्न गरेकाे छ।
उक्त संस्थाले “नेपालीका लागि नेपाली” भन्ने मुलनाराका साथ विशेष अधिवेशन सम्पन्न भएको छ ।
संस्थाका कार्यबाहक अध्यक्ष श्री सानुराज मगरकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथिमा एनआरएनए केन्द्र द. काेरियाका अध्यक्ष श्री दिपक पुन रहेका थिए।
त्यसैगरी विशिष्ट अतिथिमा भने एनआरएनए केन्द्र काेरियाका वरिष्ठ उपाध्यक्ष सन्जीव कुमार राई साथमा निवर्तमान अध्यक्ष श्री भेषराज दाहालकाे सहभागी रहेको थियोे ।
त्यसैगरी अतिथिहरुमा क्षेत्रीय तथा विभिन्न जातीय संघ संस्था प्रतिनिधिहरु, अन्य समाजसेवी, राजनीति तथा पेशा व्यवसायीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।

कार्य समितिकाे सचिव गाेकुल पाैडेल’ले सञ्चालन गरेको उक्त कार्यक्रमकाे स्वगत मन्तव्य उपाध्यक्ष थिर बहादुर भण्डारी’ले गरेका हुन् ।
त्यस्तै महिला उपाध्यक्ष याैगिता गाैतम र सह-काेषाध्यक्ष कमला घले ले खादा र व्याच वितरण गररेकी थिइन् । कार्यक्रममा उपस्थित अतिथि, विशिष्ट अतिथिहरु लगायत प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्दै संस्था बारेमा थप प्रष्ट पारेका थिए।
संस्थाका काेषाध्यक्ष सन्जीव बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी पुरानै कार्यसमितिबाट सर्वसम्मतले कार्यबाहक अध्यक्ष सानुराज मगर लाई कार्यकारी अध्यक्षमा चयन गरि १५ सदस्य समिति गठन भएको घाेषणा गरेका थिए ।

उक्त क्षेत्रमा रहेका क्रियासिल क्षेत्रीय तथा जातिय संघ संस्थालाई पनि समेट्दै बिधानत’ कार्यसमितिको पहिलाे पुर्ण बैठकबाट आवस्यकता अनुसार बिधान सम्बत मनाेनित गरि संस्थालाई पुर्णता दिई अगाडि बढाउने निर्णय सर्व सम्मतले पारित गरि विशेष अधिवेशन सम्पन्न भएको थियाे।







