
नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे अध्यक्ष पदमा पत्रकार सविना कार्कीले उम्मेदवारी दिने भएको छ । आगामी जुलाई १७ तारिखमा हुन गैरहेकाे नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको ७ अाैं अधिवेशन र नयाँ कार्य समिति निर्वाचनका लागि कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी हुन् ।
पत्रकार कार्कीले आफू निर्वाचित भए महासंघ काेरिया शाखालाई अबको कार्यकालमा उदाहरणीय रुपमा लैजाने बताएकी छन् । काेरियामा रहेर पनि खटिएर पत्रकारिता गर्दै आएकि कार्कीले अब पत्रकार महासंघकाे शाखा काेरियाकाे विकासका लागि पनि खटिने र त्यहा अबस्थित पत्रकारको हकहिलका लागि काम गर्ने बताएकि छन् ।
अबकाे दिनमा पत्रकार महासंघ काेरिया शाखाले प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्नु राम्रो हुने र आफू अध्यक्ष पदमा निर्वाचित भए याे व्यवस्थाकाे थालनी गर्ने बताएकी छन् । उनले आफ्नाे समाजिक सञ्जाल मार्फत साेमबार विभिन्न ५ वटा महत्त्वपूर्ण मुद्दा नै आफ्नाे मुख्य एजेन्डा हरु रहेकाे बताईन् ।
जुलाई १७ तारिखमा तोकिएको अधिवेशन कार्यक्रम काेरियाकाे राजधानी सिओलको नमस्ते रेस्टुरेन्टमा हुने शाखाले एक सुचना मार्फत जानकारी गराइसकेको छ ।






