नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले जुलाई १७ मा खुल्ला भलिबल प्रतियोगिता गराउने
दक्षिण काेरिया,नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले जुलाई १७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता गराउने भएको छ।
उक्त शाखाले यहि आउदो जुलाई १७ मा कार्यक्रम आयाेजना गर्ने भएको हाे । “स्वस्थ जीवन र मनोरञ्जनको लागि अब खेल्छ नेपाली परदेशमै भलिबल “भन्ने मुल नारा सहित नेपालको रास्ट्रिय खेल भलिबल प्रबर्द्धन गर्ने हेतुले “प्रथम सहिद लखन थापा स्मृति खुल्ला भलिबल प्रतियोगिता-२०२२” आयोजना गर्न लागेकाे हाे ।

यश प्रतियोगितामा दक्षिण कोरियामा रहने सम्पूर्ण भलिबलप्रेमी खेलाडीहरूले सहभागी बन्न
सकिने संस्थाका अध्यक्ष-धन सलामी मगरले बताएका छन् ।

उक्त कार्यक्रममा प्रथम हुने प्रतियाेगि खेलाडी टिमले २० लाख वन,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने दाेस्राे हुनेले १० वन ट्रफी मेडल र प्रमाणपत्र सहितकाे पुरस्कार पाउनेछन् त्यसैगरि तेस्रो हुने खेलाडी टिमले ५ लाख वन ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । साथै उत्कृष्ट खेलाडिले १ लाख वन ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।







