नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले आउँदो जुलाईमा ७ औं अधिवेशन गर्ने भएको छ। जुलाई १७ मा तोकिएको अधिवेशन कार्यक्रम भर्चुअल तथा भौतिक उपस्थित दुबै मार्फत हुने शाखाले बुधबार एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।
कार्यक्रममा उपस्थित भइदिन शाखाले कोरियामा आवद्ध सम्पूर्ण संघ संस्था, बुद्दिजिबी, बिध्यार्थी लगायत सरोकार राख्ने सम्पूर्णमा निमन्त्रणा गरेको छ ।अधिवेशन कार्यक्रम राजधानी सिओलको नमस्ते रेस्टुरेन्टमा हुने जनाइएको छ।







