
राप्ती समाज दक्षिण कोरियाको भेटघाट तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।समाजका अध्यक्ष ओमलाल ओलिको अध्यक्षता तथा संरक्षक सुक थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पाँचौं अधिवेशन बाट निवार्चित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
आइतबार फिन्तेकमा सम्पन्न कार्यक्रममा राप्ती समाज दक्षिण कोरियाका संरक्षक, सल्लाहकार, जिल्ला संयोजक, सञ्चार संयोजक लाई पनि कदर स्वरूप सम्मानपत्र प्रदान गरीएको थियो ।
कार्यक्रमममा विशिष्ठ अतिथि रहेका एन आर एन ए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष यज्ञराज सुवेदीले कोरियामा नेपालीको सङ्ख्या बाक्लिदै गएकाले अब हूने नेपाली हरुको जमघट, भेटघाट खानपिन रमाइलोको लागि मात्र नभएर निश्चित अवधि पुरा भएपछि नेपालमा गएर के काम गर्ने र त्यसको लागि आजै देखी के के तयारी गर्ने भन्ने योजना सहितको गुणात्मक भेट हुनुपर्ने बताएका थिए ।

प्रमुख अतिथि सुख थापाले राप्ती समाजले स्थापना कालदेखि विषेश गरेर कोरीयामा रहेका राप्तिबासीहरुको हकहितमा काम गरेको भन्दै आगामी दिनमा पनि यसलाई अझ बलियो बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अध्यक्ष ओमलाल ओलीले राप्तिबासिको समस्या समाधानकाे लागि विभिन्न कार्यक्रम, सहयाेग अभियान सञ्चालन गर्दै आएको बताउँदै त्यसको लागि सबै एकताबद्द हुनु पर्ने बताएका थिए । कोरियामा राप्ती बासीहरुको निश्चित डाटा नहुँदा काम गर्न समस्या हूने भन्दै सबैलाई गुगल फाराम भरेर सहयाेग गर्न पनि उनले आग्रह गरे ।

सो अवसरमा संस्थाका संरक्षक विरकुमार वली, मल्लिका थकाली, अम्बिका डिसी पार्क सञ्चार संयोजक बामदेवदेवकाेटा लगायतकाले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा माधब आचार्य, गाएक लोकेन्द्र चन्द लगाएतले आफ्नो साङ्गीतिक, साहित्यिक प्रस्तुति राखेका थिए । भेटघाटमा कोरियाका विभिन्न ठाउँमा कार्यरत राप्तीबासिको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन महासचिव अमृत केसीले गरेका थिए ।

राप्ती अञ्चल भित्र पर्ने दाङ, रोल्पा, सल्यान, रूकुम र प्युठानबाट कोरीयाआएका नेपालीहरुको साझा चौतारीको रूपमा सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले स्थापना कालदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ ।






