
नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे कार्यक्रम जुन २६ आतबारका दिन छनानमा गर्ने भएको छ ।
राजदूतावासले काेरियाकाे काेरियाकाे आप्रवासी श्रमिक सहयोग केन्द्र छनानकाे सभाहलमा आगामी जुन २६ तारिख आइतबारका दिन मध्याह्न १२ बजे उक्त कार्यक्रम गर्न लागेकाे काेरिका लागि श्रम काउन्सिलर रमा भट्टराईले जानकारी दिएकी छन् ।
नेपाली राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ती तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ ।
यसाे गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिने दुतावासकाे बुझाइ छ ।
उक्त कार्यक्रममा छनान तथा आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सहभागि हुन पनि राजदूतावासकाे अनुरोध छ।






