सनातन, साहित्य, सङ्गीत, साधना समुहको आयोजनामा आगामी जुलाई २ र ३ मा वनभोज तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

थान्याङ सी खोशु गुफामा आयोजना गरिएको कार्यक्रममा सहभागीले गुफा अवलोकन ,नेपाली परिवारको सामुहिक भोजमा सरिक हुन , सामूहिक नदीमा -याफटिङ गर्न पाउनेछन् त्यसैगरी कार्यक्रममा गीत नृत्य, मुक्तक, समुह नृत्य लगाएतका सांस्कृतिक प्रस्तुति हुने आयोजकले जानकारि दिएको छ ।
बिहानकाे समयमा सामूहिक योग तथा मेडिटेसन कार्यक्रम राखिएको छ।कार्यक्रममा लोकदोहोरी गायिका रमिला गौतम ,गाएक सुमन चापागाईको गीत सुन्न सकिनेछ भने शोभा अर्याल, सम्झना शिवभक्तीकाे नृत्य रहने छ । उपस्थितिको लागि आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ।






