प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सातौँ अधिवेशन मे १ तारिखमा हुने

नेकपा एमालेको प्रवास कमिटी अन्तर्गत प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सातौँ अधिवेशन गरिने भएको छ ।अधिवेशन आगामी मे महिनाको १ तारिख आतबारमाका दिन जुम मार्फत गरिनेछ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलको रहनेछ ।
त्यसैगरी विशेष अतिथिका रुपमा भने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षभक्त गुरुङ र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज डा. राजन भट्टराई रहेका छन् । अधिवेशनमा कोरियामा अवस्थित सम्पूर्ण नेपालीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरिएको छ ।
सउलमा हुने उक्त कार्यक्रम कोरियन समय बिहान ११ बजेबाट शुरु हुने जनाएको छ। समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान,प्रवासबाट लगानी र प्रवासबाटै मतदान भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रमको आयोजना प्रवासी नेपाली मञ्च कोरियाले गरेको छ ।जुमबाट कार्यक्रममा उपस्थित जनाउनका लागि माथि ब्यानरमा भएको आइडि र पासपोर्ट लगइन गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस्