June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा सोनाम र ग्याल्पो ल्होसारकाे कार्यक्रम गरिने

माग २७ गते । इराकको कुर्दिस्तान इर्बिलमा गठित गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा प्रथम पटक बौद्ध धर्मवलम्बिहरुको महान पर्व एबम मन्जुश्री सम्बत २८५८औ छ्यु ताक ल्होपानी बाघ बर्ष नया वर्ष सोनाम ल्होसार र ग्याल्पो ल्होसारलाई समेटिने गरि यहि फेब्रुअरी १८ तारिखमा सास्कृतिक कार्यक्रम गरिने भएको छ । उक्त कार्यक्रमकाे सम्योजक श्री मेघराज लामा रहेका छन् ।

“जहा जाउ जता जाउ नबिर्सनु आफ्नु धर्म आफ्नु सस्कृती आफ्नु देश आफ्नु भेष “भन्ने मुल नाराको साथ स्थानीय कलाकार सहित बृहत सस्कृतिक कार्यक्रम होलि नवरोज हलमा आगामी फेब्रुअरी १८ तारिखमा गरिने भएको हाे।

इराकको स्वायत प्रदेश कुर्दिस्तानमा नेपाल सरकारले प्रतिबन्ध लगाएको देश भएपनी त्यहाँ नेपालीहरुको ठुलो जमात रहेको हुदा नेपाल सरकारले उचित पहल गरि इराकमा स्वतन्त्र रुपमा नेपालीहरुलाई आवत जावत गर्न सकिने वातावरण मिलाउन सके राम्रो हुने संस्थाका उपाध्यक्ष मेघराज लामाले बताए ।

नेपालको विभिन्न जिल्लाबाट उक्त स्थानमा पुगेका नेपालिहरु भएता पनि विशेष गरि सिन्धुपाल्चोक जिल्लाका नेपालीहरुको बाहुल्यता धेरै भएको बुझिएको छ। त्यस कारण आपत बिपत पर्दा होस या दुक्ख पर्दा केही सहयोग गर्न सकिन्छ कि भन्ने उद्देश्यले गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाज स्थापन गरेको हो उपाध्यक्ष लामाले जानकारी दिए।

नेपालमा बौद्ध धर्मवलम्बिहरुले ल्होसारलाइ विशेष महत्वका साथ मनाउने गर्छन।पहाडी भेगमा सोनाम ल्होसार मनाइन्छ भने हिमाली भेगमा ग्याल्पो ल्होसार मनाउने गर्दछन।यहाँ पनि बौद्ध धर्मवलम्बी हरुको बाहुल्यता भएको कारण सोनाम ल्होसार र ग्याल्पो ल्होसार छुट्टाछुट्टै मनाउन कार्यब्यास्तता र समय नमिल्ने भएको कारण पनि दुबै ल्होसारलाइ समेटिने गरि फेब्रुअरी १८ मा सयुक्त रुपमा ल्होसार मनाउने र शुभकामना आदनप्रदान गर्ने,साथै मनोरञ्जन गर्न र नेपालीहरुमा आत्मियता बढाउन पनि यस कार्यक्रमको आयोजना गरेको यस सस्थाको उपाध्यक्ष एवम कार्यक्रम सम्योजक मेघराज लामा बताउन् ।

साथै बौद्ध धर्मवलम्बिहरुको मुख्य चाड भए पनि कुर्दिस्तानमा छरिएर रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनी लगायत त्यहाँ आवद्ध संघ सस्थाहरुका व्यक्तित्वहरुलाई पनि गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजका उपाध्यक्ष मेघराज लामाले कार्यक्रममा उपस्थित हुन अपिल गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको