June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

नेपालमा लागनीको सम्भावनाका विषयमा एनआरएनए काेरियाले अन्तरकृया कार्यक्रम गर्ने

काेरिया साैल माग २५ गते। नेपालमा लागनीको अवस्था र सम्भावनाका विषयमा एनआरएनए काेरियाले अन्तरकृया कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहि फेब्रुअरी १२ तारिखका दिन काेरियन समय बेलुकी ८ बजे गरिनेछ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अर्थ मन्त्री जनार्दन शर्माकाे उपस्थित रहने एनआरएनए काेरियाका बरिस्ठ उपाध्यक्ष सन्जिव राइले जानकारी दिएका छन् । त्यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी विषेश अतिथिकाे रुपमा कार्यक्रममा सहभागी हुने जनाएको छ ।

एनआरएनए काेरियाले “श्रमको सम्मान,श्रमिकलाई बित्तिय ज्ञान “भन्ने मुल नाराका साथ नेपालमा लगानीको अवस्था र सम्भावना बिषयमा आधारित रहेर जुम मार्फत भर्चुअल अन्तरकृया कार्यक्रम आउँदो शनिवार कोरियन समय बेलुकी ८ बजे फ्रेबुअरी १२ तारिखका दिन गर्ने भएको हाे ।

यस कार्यक्रमले बिशेष रूपमा दक्षिण कोरियामा श्रम, ब्यापार, अध्यन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरु लाभान्वित हुन सक्ने बताउँदै गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुन मगरले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेका छन्।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाले नेपाल सरकारको “आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा” को बुदा न. ६८ मा भएको “गैर आवासीय नेपालीहरु तथा गैर आवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गर्नका लागि संचालनमा ल्याईएको एनआरएनएहरुका लागि डलर खाता साथै विदेशमा रहेका नेपालीहरुका लागि देशमा सुरक्षित आर्थिक लगानी एवं सम्भावना, वैधानिक रेमिटेन्सको महत्व, क्रिप्टाेकरेन्सीमा लगानी र देश को अर्थतन्त्रमा पर्ने प्रभाव लगायत अन्य विषयहरुमा जानकारीमुलक अनलाईन जुम भर्चुअल अन्तरकृया कार्यक्रम गर्न लागेको हाे ।

कार्यक्रमबाट समग्र नेपाली अर्थतन्त्रको वृद्धि विकासमा टेवा पुग्ने भएकोले कार्यक्रमभब्यताका साथ सम्पन्न गर्नको निम्ति दक्षिण कोरियामा भएका सम्पूर्ण नेपाली संघ सस्थाहरुलाई सहकार्यका लागि गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्जिव राइले हार्दिक अपिल समेत गरेका छन्।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भुमिका महत्वपूर्ण रहेको तथ्यलाई जोड्दै एनआरएनए काेरियाका महासचिव रोशन भट्टराईले यो कार्यक्रमबाट दक्षिण कोरियामा रहेका बहुसंख्यक नेपालीहरुले नेपाल पैसा पठाउन बैधानिक माध्यम प्रयोग गर्ने र यसले नेपाली अर्थतन्त्रको खस्केको अबस्थालाई सुधार गर्नका निम्ति अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै हुन्डी लगायत अन्य अबैधानिक माध्यमबाट नेपाल पैसा पठाउँदा राष्ट्रको अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकोले एनआरएनए काेरियाको महत्वपूर्ण अभियान मध्ये वैधानिक रेमिट्यान्स नेपाल भित्राउने पनि भएकोले यो कार्यक्रममा गर्न लागिएको बताए।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए काेरियाका प्रवक्ता सन्तोष खड्काले जानकारी दिए ।

उक्त कार्यक्रममा जुमको भर्चुअल माध्यमबाट जोडिन सकिने र विभिन्न सञ्चार माध्यमबाट पनि प्रत्येक्ष लाईभ प्रशाण गरिने भएकोले काेरिया लगायत विश्वभरबाट हेर्न सकिने एनआरएनए काेरियाका उपाध्यक्ष मनाेज गाैतमले बताएका जानकारी गराएका छन्।

शीर्ष समाचार

धेरै पढिएको