April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

म्याग्दी प्रवासी नेपाली संघ मोना बहराईनद्वारा ४ लाख बढि रकम हिराको परिवारलाई सहयोग प्रदान

म्याग्दी प्रवासी नेपाली संघ मोना बहराईनले ४ लाख भन्दा बढि रकम गत डिसेम्बर २० तारिखमा हिराको परिवारलाई सहयोग प्रदान गरिएको छ। उक्त सहयोग रकम संकलनमा अभियानमा बहराइनमा रहेका म्याग्देलिहरु पनि समावेश भएका छन् । “म्याग्दीमा बिकास र स्थायित्व सम्पूर्ण म्याग्देलीको दायित्व” भन्ने मुल नाराका साथ स्थापित (मोना) बहराईनले मृतक हिरा पाईजाको परिवारलाई आर्थिक सहयोग गरेको हो।

बहराईनको ईलिट लन्द्रि कम्पनीमा कार्यरत म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोना बहराइनका सल्लाहकार सदस्य , म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा ५ पाखापानी निवासी हिरा पाईजाको २२ नभेम्बर २०२१ का दिन उच्च रक्तचापको कारणले मृत्यु भएको थियो । हिराको असामयिक निधन पछि सामाजिक दायित्व निर्वाह गर्दै दुःखद घडिमा मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन अभियानमा गरिएको थियो ।

जिल्ला, गैर जिल्लावासी मोना बहराइन गैर आवसिय नेपाली संघ एन सी सी बहराइन लगायत अन्य व्यक्तिहरू बाट नेपाली रु ४,३५,५३८.४१ चार लाख पैतिस हजार पाँच सय अर्तिस रूपयाँ संकलन गरेको थियो गरि उक्त सहयोग रकम २०२१ डिसेम्बर २० तारिखका दिन मोना बहराईनका वरिष्ठ उपाध्यक्ष बिकास पाईजाको नामबाट मृतक हिरा पाईजाकी श्रीमती आसमाया पाईजालाई उक्त रकम पठाएको हो ।

वरिष्ठ उपाध्यक्ष बिकास पाईजाका अनुसार ४ लाख ३५ हजार ५३८ रुपैयाँ रकम मृतक हिराकी श्रीमतीको मुक्तिनाथ बिकास बैंकको खातामा जम्मा गरिदिएको हो । म्याग्दी प्रवासी नेपाली संघ मोना बहराईनले उक्त कुराको जानकारी गराएको छ ।

दिपेन्द्र कुँवरको सहयोगमा तयार गरिएको समाचार सामाग्री

शीर्ष समाचार

धेरै पढिएको