April 16, 2024, Tuesday
२०८१ बैशाख ५, बुधबार

जनसम्पर्क समिति कोरियाको छैटौँ अधिवेशन नोभेम्बर २८ मा हुने

सौल, दक्षिण कोरिया कात्तिक २३ गते। नेपाल जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन नोभेम्बर २८ आइतबारका दिन हुने तय भएको छ।

उपसभापति जितेन्द्र महताका अनुसार नोभेम्बर ७ तारिक आइतबारका दिन सभापती आस्था बिन्दु मल्लको सभापतित्वमा सौलमा बसेको बैठकले विविध विषय उपर छलफल गरि मौजुदा उपलब्ध कार्य समितिको बहुमत र समर्थनमा जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशनको समय तालिका पारित गरेको बताएको छ।

जस अनुसार समितिको छैटौ क्षेत्रीय अधिबेशन नोभेम्बर २० तारिक शनिबारका दिन zoom( जुम) भर्चुअल माध्यमबाट संयुक्त रुपमा नेपाली जनसम्पर्क समितिकेन्द्रीय सभापतिले उदघाटन गरि नोभेम्बर २१ तारिक आइतबारका दिन क्षेत्रीय अधिबेशन गर्ने उपसभापति महताले बताए ।

त्यस्तै केन्द्रिय महाधिबेशन नोभेम्बर २८ आइतबारका दिन गर्ने निर्णय गरेको पनि उनले हाम्राे कान्तिपुरलाई जानकारी दिएका छन् ।

जन सम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री कुमार थापाका अनुसार बैठकले बिधान संसोधन समितिमा कविराम भण्डारीको संयोजकत्वमा सिताराम तिमिल्सिना ,खेमराज देबकोटा ,र आवश्यकताको आधारमा संयोजकले थप सदस्य मनोनीत गर्न सक्ने गरि विधान संशोधन र समितिको नियमावलीको जिम्मा दिने निर्णय गरेको छ साथै छैटौँ महाधिबेशन संम्पन्न्न गर्नका लागि सल्लाहकार छानु चन्दको संयोजकत्वमा , TU प्राध्यपक संघका प्राज्ञिक ब्यक्तित्व दाशुराम पौडेल र एक जना संयोजकले मनोनीत गर्ने गरि सबै क्षेत्र र केन्द्रको अधिबेशन तोकिएको मितिमा संम्पन्न गर्न जिम्मेवारी समेत प्रदान गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको