December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार

सुनसरी युवा समाज र युएई टिकटक ग्रुपको आयोजनामा दिपावली सास्कृतिक कार्यक्रम सम्पन्न

युएई नेपालिहरुको माहानचाड दिपावलिको अवसर पारेर सुनसरी युवा समाज र युएई टिकटक ग्रुपको आयोजनामा युनाईटेड अरब इमिरेट्स (युएई ) मा बसोबास गर्ने नेपालिहरु सङ देउसी भैलो तथा भेटघाट ( सास्कृतिक ) कार्यक्रम भब्यताका साथ समापन भएको छ।

सुनसरी युवा समाज युएईका सस्थापक रोहित बस्नेतका अनुसार उक्त कार्यक्रममा ५०, ६० जनाको सहभागिता रहेको थियोे । प्रबास रहेर पनि नेपाली दाजु भाई दिदीबहिनीहरुसँग भेटघाट हुदा अत्यन्तै रमाइलो भएको बस्नेतले बताए ।

यसरी जमघट हुदा नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु सँग आपसमा भेटेर चाडपर्व मानाउदा आत्मिएता ,सहयोगी भावना पैदा हुने युएई समाज सुनसरीको सम्योजक सरु कटुवालकाे भनाइ छ ।

उक्त कार्यक्रम मेजमन होटल बरदुबाईमा गत शुक्रबार नोभेम्बर ५ तारिक दिउँसो २ बजे देखि राती ९ बजे सम्म भएको हाे । कार्यक्रममा प्रमुख अतिथी नेपाली समाज युएईको अध्यक्ष गोबिन्द ढकाल रहेका थिए। उक्त कार्यक्रम सञ्चालन ( उद्घोषक) रोहित दहालले गरेका हुन् ।

कार्यक्रममा उपस्थिति प्रमुख अतिथि गोबिन्द ढकालका का अनुसार हाल सम्म यूएईमा २५० जना नेपाली हरु विभिन्न दुर्घटनामा परि मृत्यु भएको र आफूहरूकाे पहलमा शव नेपाल पठाएको बताए ।

ढकालले भिजिट भिसामा आउदा एकदमै ख्याल गरेर मात्र आउन पनि आम युवालाई सचेत गराएका छन् । त्यस्तै नेपालीहरुबिच सद्भाव बढ्ने खालकाे थप कार्यक्रम आउदा दिनहरुमा पनि गर्ने सस्थापक रोहित बस्नेतले हाम्रो कान्तिपुरसँग भनेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको