June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

कतारमा रमादान पर्वको अवसरमा १४ नेपाली कैदीबन्दीलाई आममाफी

कतार, यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई कतार सरकारले आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुले आममाफी पाएका हुन ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको