April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

दक्षिण कोरियामा नयाँ नियम: राहदानी नभए भिसा नथपिने

  • 22
    Shares

सउल, दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गरेसँगै त्यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराइएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै त्याहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ ।

खासगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो ।

सो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको