August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

मलेसियामा एक नेपाली श्रमिकले गरे आत्महत्या

क्वालालम्पुर, मलेसियामा सेक्युरिटी कम्पनीसँग आबद्ध रहि विगत १० वर्षदेखी अवैधानिक हैसियतमा  काम गर्दै आएका एक नेपाली श्रमिक सुरक्षागार्डले झुन्डिएर आत्महत्या गरेका छन् ।

नेपालको स्थायी ठेगाना पाँचथर जिल्ला, फालेलुङ गाउँपालिका-३ माङलेबुङ र साविक मेमेङ ६ माङलेबुङ निवासी ३४ बर्षिय सुर्य बहादुर चौहानले यहीँ बिहिवार आत्महत्या गरेका हुन् ।

प्रवासी मेमेङ समाज मलेसियाको अध्यक्ष महेन्द्र केरुङका अनुसार मलेसियाको राजधानी क्वालालम्पुर आम्पाङमा कार्यक्षेत्रकै भवनमा अवस्थित रेलिङ्गमा झुन्डिएको अवस्थामा मृत फेला परेको थियो ।

हाल उनको शव पोस्टमार्टमको प्रक्रियामा रहेको जनाएको छ । पोस्टमार्टम सकिएपछि आवश्यक कानुनी कागजी प्रक्रिया पूरा गराई उक्त शव नेपाल फर्काइने मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले बताएका छन् ।

अविवाहित मृतक सुर्य बहादुर मलेसिया आएदेखी   स्वदेश फर्किएका थिएनन् । उनको आमाबुबाको एक बर्षअघि सवारी दुर्घटनामा मृत्यु भए पश्चात् घरमा एक भाई, बुहारी र दिदिबहिनीहरु मात्रै रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको