April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

मलेसियामा नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराइने

क्वालालम्पुर, मलेसियामा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराइने भएको छ । नेपाली राजदूतावास क्वालालम्पुरको सकृयतामा नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्थाबीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम प्रवद्र्धनका लागि सहमति भएको हो ।

विभिन्न चरणको छलफल पश्चात तयार भएको अन्तिम मस्यौदालाई माग २६ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । मन्त्रिपरिषदले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान गरेको थियो ।

गत फागुन ४ मा बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र फागुन १४ मा एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत डा। मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदलेगरेका छन् । काठमाण्डौ र क्वालालम्पुर दुवै स्थानमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

यस संस्थामा आवद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्नेहुन्छ ।

विगतमा विदेशी कामदारको क्षतिपुर्ति सम्बन्धि स्किममा आवद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागी स्किमको म्याद समाप्त भएको अर्को दिन एसओसिएसओमा दर्ता गराउनुपर्ने नियम रहेको थियो । तर १ जनवरी २०२० पछि भने सबै रोजगारदाताले अनिवार्य रुपमा एसओसिएसओमा आवद्ध गराउनुपर्ने व्यवस्था छ ।

शीर्ष समाचार

धेरै पढिएको