रास्वपा काेरियाकाे भाेली आइतबार अधिवेशन,अबको सभापति काे ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काेरियाको प्रवास विभागको दोस्रो अधिवेशन भाेली आइतबार हुने भएको छ। कार्यक्रमकाे भव्य तयारी भएको आयाेजक टिमले बताएको छ।

रास्वपा काेरियाकाे अबकाे नेतृत्वका लागि सभापति काे भन्ने विषयमा काेरियामा चर्चा चलेकाे छ उक्त खुलदुली भने भाेली सकिनेछ । उक्त अधिवेशनमा पार्टीका एक जना केन्द्रीय सदस्यको विशेष उपस्थिति हुने बताएको छ।

कार्यक्रम Dangmyo Station, Exit 3 नजिक जिन्हुङ्ग हाई स्कूल, १ तल्लामा हुने बताएको । कार्यक्रम भने मध्याह्न १२ बजेबाट शुरु हुने बताएको छ ।