नेशनल भोलेन्टियर फोर्सले राज्यको संरचनाको रक्षा गर्ने
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलेन्टिय फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको नेशनल भोलेन्टियर फोर्सले राज्यको संरचनाको रक्षा गर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले देशका जनता आफैँ भोलेन्टियर भएर आफ्नो रक्षा गर्नुपर्ने अवस्थामा पुगेको बताए । नेशनल भोलेन्टिय फोर्स कसैका विरुद्ध नभएर हिंसा, अराजकता, आतंक, आगजनी, तोडफोड, लुटपाट र त्रासदीपूर्ण वातावरणका विरूद्ध रहेको ओलीले बताए । नेशनल भोलेन्टिय फोर्स शान्तिको पक्षमा रहेको पनि उनले बताए । अब देशमा कसैलाई पनि आतङ्क मच्चाउने छुट नरहेको ओलीको भनाइ छ ।
सरकारले चुनाव–चुनाव भनेर शब्द उच्चारण गर्ने गरे पनि शान्तिपूर्ण ढंगले भेला र सभा हुन पनि नदिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । उनले नेताहरूको मुभमेन्ट र गतिविधि हुन नदिने, नेताहरूलाई कुनै ठाउँमा जान नदिने, नेताहरूलाई कुनै कार्यक्रममा सम्बोधन गर्न नदिनेजस्ता गतिविधि सरकारबाट भइरहेको बताए । निषेधित, अलोकतान्त्रिक, अधिनायकवादी क्रियाकलापहरूमा परोक्ष ढंगले सरकार देखा नपर्ने, कुनै शक्ति देखा नपर्ने तर विभिन्न शक्ति र सरकारहरू पृष्ठभागमा बसेर जेनजीका नाममा गर्ने काम भइरहेको ओलीले बताए ।


प्रतिकृया दिनुहोस्