भोलेन्टियर फोर्स बनाउँदै एमाले

नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ ।नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि  माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणा सभा गरिने भएको हो । जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको बताए ।

फोर्सले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्धेश्य रहेको एमालेले बताएको छ ।