May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

मलाई जोश आएको छ, जीवनको अन्त्यसम्म विकासका लागि लडिराख्ने कसम खाएको छु: प्रचण्ड

file photo

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुलाई जोश आएको बताउँदै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा रहेको बताएका छन् । शनिबार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समारोहमा बोल्दै आफूले मरेर पनि कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्पको साथ काम गरिरहेको बताए । असल राजनीतिज्ञले मरेपछि पनि सयौं वर्षसम्म जनताको सेवा गरिरहने बताएका छन् ।

उनले भने, ‘मलाई जोस आएकै छ । भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा, नेपाली जनताको आर्थिक विकासको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम मैले खाएको छु । मलाई अरु केही गर्नुपर्ने छैन भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचिन्जे बाँचेर जनताको सेवाको निमित्त समर्पित रहन्छ, मरेपछि पनि आफ्नो कर्मले सयौं वर्ष जनताको सेवा गरिराख्छ । राजनीतिज्ञ कहिल्यै मर्दैन । कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प मैले लिएको छु ।’

शीर्ष समाचार

धेरै पढिएको