पर्याप्त अध्ययन नपुगेको भन्दै बिना निष्कर्ष टुंगियो संवैधानिक परिषदको बैठक

काठमाडौं, भावी प्रधानन्यायाधीश सिफारिस गर्नका लागि शुक्रबार बसेको संवैधानिक परिषदको बैठक निष्कर्षबिहिन बनेको छ । आज प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
उपसभामुख इन्दिरा रानाका अनुसार भावी प्रधानन्यायाधीश भदौ ३१ गते टुंग्याउने गरी बैठक सकिएको हो । संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको छ ।
उपसभामुख रानाले भनिन, ‘सिनीयारिटीको हिसाबले त वरिष्ठ प्रकाशमान सिंह राउत नै हो। अस्तिको छलफल र सिफारिसमा हामी फेल भयौं। अब अध्ययन पनि गर्नुपर्छ भनेर आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो। दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ।’
प्रतिकृया दिनुहोस्