May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

कांग्रेसले माग्यो उपसभामुखको राजिनामा, मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौं, उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेको जिकिर गर्दै राजीनामा माग गरेको छ । हिजो बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। जुन काम उहाँबाट भयो त्यो गलत छ।, त्यसले संसद्लाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ। उपसभामुख आफैंले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ।’

यसअघि उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो । सोहि विषय राष्ट्रहितविपरीत र पदीय गरिमाविपरीत भएको भन्दै सत्तारूढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए ।

यसैगरी बुधबार नै भएको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसदहरूले पनि उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

कांग्रेस सांसद प्रतिमा गौतमले संसदमा बोल्दै उनले भनिन्, ‘उपसभामुख माथि प्रश्न उठेका छन्। प्रश्न उपसभामुख मगर व्यक्ति माथि होइन। उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुख पदीय जिम्मेवारीको मर्यादाको कुरा हो। यो पदमा बसेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध हो ।’

शीर्ष समाचार

धेरै पढिएको