April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

प्रचण्ड र ओली चितवन जाने भएपछि माधव नेपाल गए भरतपुर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चितवनको भरतपुर आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निमन्त्रणामा उनी भरतपुर गएका हुन् । भोलि (शुक्रबार) नारायणी किनारमा हुने भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन उनी भरतपुर गरेका हुन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चितवन आउने कार्यतालिका रहेको छ । स्रोतका अनुसार ओली–प्रचण्ड एउटै हेलिकोप्टरमा जाने तयारी रहेको छ ।पार्टी विभाजनपछि एक–अर्काको नाम पनि सुन्न मन नपराउने एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भोलि एउटै कार्यक्रममा देखिने बताईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको