May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

समाजवादी मोर्चाको पहिलो बैठक माधव नेपालको पार्टी कार्यालयमा

नवगठित ४ दलीय समाजवादी मोर्चाको पहिलो बैठक अहिले सुरू भएको छ।बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरू भएको हो।मोर्चा गठनपछिको पहिलो बैठकमा संगठनात्मक र राजनीतिक अवधारणाको बारेमा छलफल हुने बताइएको छ।यस्तै, बैठकमा मोर्चाको संयोजकको विषयमा पनि छलफल हुने बताइएको छ।

मोर्चामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा रहेका छन्।

बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, महासचिव देव गुरूङ, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र नेकपाबाट महासचिव नेत्रविक्रम चन्द, प्रवक्ता प्रकाण्डलगायतका नेताहरू सहभागी रहेका छन्।