May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उनको पद रिक्त भएको जानकारी दिएका हुन् ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम संघीय संसद सचिवालयमा दिएकोले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु। साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु।’

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।
अव उनको स्थानमा बिन्दाबासिनी कंशाकार नँया सांसद बन्नेछिन् ।

शीर्ष समाचार

धेरै पढिएको