June 1, 2023, Thursday
२०८० जेष्ठ १८, बिहीबार

ओलीको कटाक्ष- ‘पार्टी फुटाउने र चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।बुधबार मिसन ग्रासरुट अभियानलाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेको भन्दै एकीकृत समाजवादीलाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।

‘पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिस्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चाहिँ समाजवादी राखेर भ्रमित बनाउने? त्यसैले त्यहाँ रहेका इमानदार कार्यकर्तालाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं,’ अध्यक्ष ओलीले भने।

शीर्ष समाचार

धेरै पढिएको