
गंगा चौधरीको चुनाव चिन्ह लौरो रहेकाे छ । एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी चौधरीले स्वतन्त्रबाट लौरो पाएकी हुन् । एमालेकाे केन्द्रीय सदस्य समेत रहेकी चौधरी पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएकाे भन्दै पार्टीले उनको पद खारेज गरेको छ ।
एमालेकी शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बनेकी चौधरीले स्वतन्त्र लौरो अभियानको तर्फबाट उम्मेदवारी दिएर लौरो चिन्ह पाएकी हुन् ।







