
नेकपा (एमाले) का नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । अाइतबार विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।
दाहालको सचिवालयले लेखेको छ-“सुनसरी ईटहरी उपमहानगर पालिका पूर्व मेयर द्वारिक चौधरी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) मा आज विहान प्रवेश गरेका हुन् ।”पार्टी प्रवेशसँगै चौधरीले माओवादी अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका थिए ।







