
काठमाडौं, नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । समयसमयमा सामाजिक सञ्जालका भाइरल
हुने पात्र गौतमलाई काठमाडौंको क्षेत्र नम्बर ३ बाट सिफारिस गरिएको हो ।
सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस गरिएको जानकारी दिँदै गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।







