
काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले धन्यवाद दिएका हुन् ।
कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन् ।
उनले भने, ‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद१ किनकी उनले दुई चोटी संसद विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’
यसैगरी अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको बताएका छन् ।







