April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

देउवाको ध्यान महन्थ ठाकुरतिर

मधेशवादी नेताहरु उपेन्द्र यादव र महन्थ ठाकुर फुट्दा स्थानीय तह चुनावमा धक्का खान पुगेका छन् । यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाली काँग्रेससहितको गठबन्धन बनाएर चुनाव लड्यो । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भने एक्लै चुनाव लड्यो ।

गठबन्धन बनाएपछि जसपाका उम्मेदवारहरु २०७४ को तुलनामा कम पालिकामा जित्न सफल भए । उपेन्द्र यादव गठबन्धनको मुख्य दल नेपाली काँग्रेससँग असन्तुष्ट भएका छन् । उनको ध्यान नेकपा एमालेतर्फ गएको छ ।

यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । भविष्यमा सम्भावित गठबन्धनबारे समेत कुराकानीहरु भइहरहँदा ओली र यादव भेट भएको हो ।

ओलीसँग यादवको भेटपछि प्रधानमन्त्री समेत रहेका काँग्रस सभापति शेरबहादुर देउवाले आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । भेटमा लोसपासँगको सम्भावित गठबन्धन देखि सरकारमा सहभागी गराउने सम्मको विषयमा छलफल भएको बुझिएको छ ।

यसैगरी, जसपा र लोसपाबीच चुनावी तालमेल या एकताको विषयमा छलफल बढेको छ । दुई दलका दोस्रो तहका नेताहरुले छलफल बढाउन थालेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको