
ताप्लेजुङ, हिजि (शुक्रबार) ७७ वटै जिल्लामा सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको हो ।
यता फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो ।







