September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

आगामी निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको हैसियत बराबर

file photo

काठमाडौं, आउँदो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले झण्डै बराबर सिट पाएका छन् । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ ।

सोही निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुख पाएका हुन् । काठमाडौंमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।

यसैगरी माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ । दुवै दलले महानगरमा उपप्रमुख एक/एक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ ।

त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर पाएको छ भने घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउँदा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरको प्रमुख पाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको